कैलाली –कैलालीको अत्तरियामा सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको छ । जिल्लाको गोदावरी नगरपालिकाले सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको हो ।
नगरपालिकाको कार्यालय अगाडिबाट सुरु गरिएको उक्त कार्य बजार क्षेत्रमा पुगेको छ । अत्तरिया बजारलाई व्यवस्थित बनाउनका लागि अतिक्रमित संरचना खाली गर्न सुरु गरिएको गोदवारी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टले बताए ।
सडक क्षेत्र मिचेर बनाएका संरचना भत्काउन थालिएको नगर प्रमुख भट्टले बताए । ठेला, छाप्राहरुलाई भने बसपार्कको खाली ठाउँमा व्यवस्थापन गरिएको उनले बताए ।
अवैध रुपमा बनाइएका संरचना भत्काउन डोजर चलाइएको उनले बताए ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ १५:४१
प्रतिक्रिया दिनुहोस्