Sagun Khabar
बैतडीमा आज ३७ जनाले कोरोना जिते, थप २२ जनामा संक्रमण पुष्टि 

बैतडी – बैतडीमा आज ३७ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ३७ जनाले कोरोना जितेका हुन् । यस्तै जिल्लामा आज थप २२ जनामा संक्रमण पुष्टि भएको छ ।

सुर्नया गाउँपालिकाका १४, दशरथचन्द नगरपालिकाका ४, दोगडाकेदार गाउँपालिकाका २, पुर्चौंडी नगरपालिका र पाटन नगरपालिकाका थप एक ÷एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिले २६४ जना सक्रिय संक्रमित रहेका छन् ।

Atrya hospital

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी पाटन नगरपालिकामा ४५ जना, सुर्नया गाउँपालिकामा ४४ जना, डिलाशैनी गाउँपालिकामा ४० जना, मेलौली नगरपालिकामा ३१ जना, दशरथचन्द नगरपालिकामा ३१ जना रहेका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा २४ जना, सिगास गाउँपालिकामा २२ जना, पुर्चौंडी नगरपालिकामा १२ जना, दोगडाकेदार गाउँपालिकामा ११ जना र शिवनाथ गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य ठाउँका २ जना सक्रिय संक्रमित रहेको बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update