कैलाली –सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मणकुमार स्वार विजयी भएका छन् । महासंघको १६औ वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनबाट स्वार प्रदेश अध्यक्षमा विजयी भएका हुन ।
हरि प्रसाद भट्टलाई एक सय नौ मतले पराजित गर्दै स्वार विजयी भएका हुन् । स्वारले २१५ मत ल्याएका थिए भने भट्टले १०६ मत पाए ।
संघको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार कपाडी विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा लक्ष्मणबहादुर साउँद २३२ र मदन मोहन बिष्ट १२१ मत प्राप्त गरि विजयी भएका छन्। संघको महासचिवमा खेमराज जोशी २०२ मत प्राप्त गरि विजयी भएका छन ।
नितिगत उप–महासचिवमा आङदावा शेर्पा विजयी भए । शेर्पाले २०२ मत पाए । संघको आन्तरिक उप–महासचिवमा राजेश गिरी विजयी भएका छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९ ०८:२७
प्रतिक्रिया दिनुहोस्