कैलाली – धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ । जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो । स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको छ । अश्रु ग्यास प्रहारपछि विद्यार्थीहरू तितरवितर भएका छन् ।
पञ्चोदय माविमा कक्षा ८मा अध्ययनरत चेतना साउँदको बिहीबार ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् ।
विद्यार्थीहरुको आन्दोलन बढ्दै गएपछि बिहीबार साँझदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीच विद्यार्थीहरुले नाराबाजी गरिरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९ १३:२८
प्रतिक्रिया दिनुहोस्