Sagun Khabar
धनगढीमा निषेधाज्ञाकै बीच विद्यार्थीको प्रदर्शन 

कैलाली –धनगढीमा निषेधाज्ञा जारी गरिएकै क्षेत्रमा विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय कैलाली बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । 

प्रशासनले २४ घण्टाका लागि धनगढीलाई निषेधित क्षेत्र घोषणा गरेको भएपनि विद्यार्थीहरुले भने शुक्रबार बिहानैबाट आन्दोलन गरिरहेका हुन् । प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा धनगढी–१ र २ स्थित हुलाकी राजमार्गलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।  विद्यार्थीहरुले डिभोटी चोकमा आन्दोलन गरिरहेका हुन् । 

Atrya hospital

हिजो धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्य भएको थियो । धनगढी–५ तारानगरकी साउँदको हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो । 

ग्रेडर चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update