कैलाली –कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिएका छन् । नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई पछि पार्दै पन्तले अग्रता लिएका हुन् । मंगलबारको मतपरिणाम अनुसार राना पन्तभन्दा अगाडि थिए । तर बुधबार साढे ११ बजेसम्मको मत परिणाम अनुसार पन्तले ११५ मतले रानालाई उछिनेका हुन् ।
११ हजार २४२ मत गणना हुँदा पन्त ३ हजार ८९१ मतका साथ अगाडि छन् । राना ३७७६ मतका साथ दोस्रो स्थानमा र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा १ हजार ६८१ मतका साथ तेस्रो स्थानमा छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १२:५६
प्रतिक्रिया दिनुहोस्