दार्चुला –दार्चुलामा प्रदेश सभा क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रमा मानबहादुर धामी (सन्तोष) निर्वाचित भएका छन् । निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका रामदत्त जोशीलाई पछि पार्दै धामी विजयी भएका हुन् ।
धामीले १३ हजार १७१ मत प्राप्त गरे भने जोशीले ११ हजार ८५६ मत प्राप्त गरे । यस्तै राप्रपाका अमरसिंह धामीले ३१७ मत पाउँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्नाले १७३ मत ल्याए ।
२०७४ सालको निर्वाचनमा पनि धामी उक्त क्षेत्रबाट निर्वाचित भएका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ ०५:१९
प्रतिक्रिया दिनुहोस्