Sagun Khabar
नागरिक उन्मुक्तिले खाता खोल्यो, कैलाली –३ मा चौधरी विजयी 
Atrya hospital

कैलाली –कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । 

उक्त क्षेत्रबाट नागरिक उन्मुक्तिका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत ल्याएका छन् । 

नेकपा एमालेका गौरीशंकर चौधरी ९ हजार ८७४ मतसहित तेस्रो स्थानमा सीमित भए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिरेन्द्र बमले ७ हजार ४७ मत प्राप्त गरे ।  कुल ६३ हजार ४४० मत खसेको उक्त क्षेत्रमा ४ हजार २१ मत बदर भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update