Sagun Khabar
लेखराजलाई ज्यान मार्ने धम्की दिने पूर्व लडाकु पक्राउ 

कैलाली –पूर्वमन्त्री, नेकपा एमालेका केन्द्रीय सचिव तथा एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका लेखराज भट्टलाईे ज्यान मार्ने धम्की दिने २ जना पक्राउ परेका छन् । 

मंगलबार बिहानै भट्टको गोदावरी नगरपालिका अत्तरियास्थित घरमै घुसेर धम्की दिएको आरोपमा शेरबहादुर लामा र दिपेन्द्र विक पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज ज्ञानबहादुर विष्टका अनुसार उनीहरु पूर्व लडाकु हुन् । 

Atrya hospital

आफू घरमा नरहेको अवस्थामा अत्तरियास्थित नीजि निवासमै पुगेर परिवारका सदस्यलाई अज्ञात समूहले धम्की दिएको भट्टले बताएका थिए । 

लेखराज नेकपा एमालेबाट कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत छन् । यहाँ उनले अहिलेसम्मको मतगणनामा अग्रता लिएका छन् । उनलाई नेपाली काँग्रेसका वीरबहादुर बलायरले पछ्याइरहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update