Sagun Khabar
कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्ति र एक क्षेत्रमा एमालेको अग्रता 

कैलाली –कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ । एउटा क्षेत्रमा भने नेकपा एमालेले कांग्रेसलाई पछि पार्दै अग्रता कायम गरेको छ ।

सुरुवातदेखि क्षेत्र नम्बर १, २ र ३ मा अघि देखिएको नागरिक उन्मुक्ति पार्टीले तीन वटै क्षेत्रमा अग्रता कायम राखेको छ । क्षेत्र नम्बर १ मा १० हजार २५३ मतको गणनामा उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठले चार हजार ५७८ मतका साथ अग्रता लिएकी छन् । उनलाई सुरुदेखि पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले तीन हजार मत प्राप्त गरेका छन् ।

Atrya hospital

क्षेत्र नम्बर २ मा उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीको अग्रता छ । तीन हजार २७१ मतको गणना सकिदा एक हजार ४८८ मतसहित चौधरी अग्रस्थानमा छन् भने उनलाई नेकपा माओवादी केन्द्रका भगत बडुवालले ६२७ मत सहित पछ्याइरहेका छन् । 

क्षेत्र नम्बर ३ मा उन्मुक्ति पार्टीका गंगाराम चौधरीले अग्रता कायमै राखेका छन् । चौधरीले ३० हजार ४३ मतको गणना सकिदा आठ हजार ६१४ मतसहित अग्रता लिदा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले सात हजार आठ सय ५५ मतका साथ पछ्याइरहेका छन् ।

कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका लेखराज भट्टले अग्रता लिएका छन् । मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई पछि पार्दै भट्टले अग्रता लिएका हुन् । कुल सात हजार ५४५ मतको गणना सकिँदा भट्टले तीन हजार ४९४ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने कांग्रेसका बलायरले तीन हजार ४७३ मतसहित पछ्याइरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update