Sagun Khabar
दार्चुलामा प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धनका उम्मेदवारको अग्रता कायमै 
Atrya hospital

दार्चुला –दार्चुलामा प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । प्रतिनिधि सभा तर्फ ४ हजार ३८७ मत गणना हुँदा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले २ हजार ३५२ मतका साथ अग्रता बनाएका छन् । उनलाई एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले १ हजार ९४५ मत सहित पछ्याइरहेका छन् । 

यस्तै प्रदेश सभा क्षेत्र नम्बर –१ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विक्रमसिंह धामीले २ हजार ४०८ मत सहित अग्रता लिएका छन् । उनलाई एमालेका उम्मेदवार हरदेव जोशीले २ हजार २८९ मत सहित पछ्याइरहेका छन् । 

यस्तै प्रदेश सभा क्षेत्र नम्बर–२ मा ५ हजार ९९५ मत गणना हुँदा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मानबहादुर धामी (सन्तोष)ले ३ हजार १० मत ल्याएर अग्रता बनाएका छन् । उनलाई एमालेका रामदत्त जोशीले २ हजार ७११ मतका साथ पछ्याइरहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०७:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update