डडेल्धुरा –प्रधानमन्त्री एवं नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।
चार हजार ७ सय ७३ मत गन्दा देउवाले २२ सय ८० मत पाएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले १२ सय ३० मत ल्याएर पछ्याइरहेका छन् ।
नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ८ सय १० मत ल्याएका छन् । अहिले सम्म ३ सय ९ मत बदर भएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ २३:०१
प्रतिक्रिया दिनुहोस्