Sagun Khabar
कैलाली –५ का मुख्य निर्वाचन अधिकृत बिरामी, मतगणना अनिश्चित 
Atrya hospital

कैलाली –कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना अनिश्चित बनेको छ । मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना अनिश्चित बनेको हो । 

निर्वाचनको बढ्दो दौडधुपका कारण उनी बिरामी परेको बताइएको छ । उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ । आज दिउँसो १ बजे बसेको सर्वदलीय बैठकमा गठबन्धन र एमालेबीच सहमति नभएपछि स्थगित भएको थियो ।

मुख्य निर्वाचन अधिकृत अर्यालमा प्रेसरको बढेको समस्या देखिएपछि अहिले उनी आराम गरिरहेका छन् । कैलाली–५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update