Sagun Khabar
धनगढीको एक मतदान केन्द्र नजिक विस्फोट 
Atrya hospital

कैलाली –धनगढीको एक मतदान केन्द्र नजिक विस्फोट भएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए । 

आज बिहान मतदान केन्द्र बाहिर विस्फोट भएपनि कुनै क्षति नभएको उनले बताए । घटनास्थलमा नेपाली सेनाको टोली पुगिसकेको र अहिले अवस्था समान्य रहेको बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update