दार्चुला- दार्चुलाका सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाइरहेको छ। चुनाव नजिकिएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी र आपराधिक क्रियाकलाप बढ्नसक्ने सम्भावना रहने हुँदा सशस्त्र प्रहरी बल नेपाल नं.४४ गण हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हो।
जिल्लामा अहिले लाली, जोलजीवी, दत्तु र दुम्लिङमा बीओपी स्थापना भएका छन् भने छाङरुमा गुल्म स्थापना गरिएको सशस्त्र प्रहरी नेपाल नं ४४ गण हेड क्वाटर दार्चुलाले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९ ०९:२७
प्रतिक्रिया दिनुहोस्