दार्चुला-दार्चुलामा कुटपिटबाट घाइते भएका सत्ता गठबन्धनका कार्यकर्ता काठमाडौं रिफर भएका छन्। आइतबार नौगाड गाउँपालिकामा एमाले कार्यकर्ताहरुको आक्रमणबाट घाइते भएका जयभानसिंहलाई काठमाडौं रिफर गरिएको हो।
नौगाड गाउँपालिका ६ खेडमा एमाले कार्यकर्ताहरुले आइतबार दिउँसो जयभानमाथि कुटपिट गरेका थिए। सत्ता गठबन्धनका कार्यकर्ताले एमालेका कार्यकर्ताको गाडी रोक्न खोजेपछि विवाद भएकाले झडप नै भएको थियो।
आक्रमणको विरोधमा आज सत्ता गठबन्धनका कार्यकर्ताहरुले गोकुलेश्वर खार खलंगा खण्डको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध पारेका छन्।
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९ १५:२९
प्रतिक्रिया दिनुहोस्