वडाध्यक्ष आचारसंहिता विपरीत पार्टीको चुनावी प्रचारमा

बझाङ- बझाङका एक वडाध्यक्ष आचारसंहिता विपरित पार्टीको चुनावी प्रचारमा संलग्न रहेको पाइएको छ। जिल्लाको साइपाल गाउँपालिका-४ का वडाअध्यक्ष जयसिंह रोकाया निर्वाचनको आचारसंहिता विपरित पार्टीको प्रचारप्रसारमा संलग्न रहेको पाइएको हो।
यस्तै, साइपाल गाउँपालिका ३ घर भई साइपाल गाउँपालिका २ मा रहेको तपोवन आधारभुत विध्यालय जिमामा बालकक्षा शिक्षकमा कार्यरत जस्वीर बोहरा पनि चुनावमा गठबन्धनकोे प्रचारमा जुटेका छन्। उनले आफ्नो फेसबुक वालमा गठबन्धनलाई मत मागेका छन्। तर, उनीहरु दुवै जनाविरुद्ध लिखित तथा मौखिक उजुरी भने कहीँ कोहीबाट नआएको मुख्य निर्वाचन अधिकृत यादवले बताए।
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९ ११:३६
प्रतिक्रिया दिनुहोस्