दार्चुला- सुदूरपश्चिम प्रदेशको सडक सम्वृद्धिसँग जोडिएको महाकाली करिडोर निर्माणका लागि यस वर्ष आधाले बजेट कटौती गरिएको छ। त्रिदेशीय सडकको रुपमा आर्थिक वर्ष २०६४/६५ देखि निर्माण थालिएको उक्त सडक ४२५ किलोमिटर लामो छ।
गत आर्थिक वर्ष २०७८/७९ मा ७९ करोड ४० लाख बजेट प्राप्त गरेको उक्त सडकले चालु आर्थिक वर्षका लागि आधाले कटौती गरिएको छ। यस वर्ष आधा अर्थात् ४० करोड मात्र विनियोजन भएको महाकाली करिडोर योजना कार्यालयका ईन्जिनियर मिलन घतानीले बताए। अहिलेसम्म १९३ किलोमिटर सडकको मात्र ट्र्याक खुलेको छ।
८७ किलोमिटर सडकको ट्याक खोल्ने जिम्मा नेपाली सेनाले लिएपनि ६ किलोमिटरभन्दा बढि प्रगति हुन सकेको छैन। डडेल्धुराको जोगबुढामा ६ किलोमिटर र दार्चुलामा ३० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको ईन्जिनियर घतानिले बताए। बाँकी सडक निर्माणका लागि बजेट अभावसँगै रुख कटान समस्याका कारण अपेक्षित प्रगति हुन सकेको छैन।
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९ ११:१९