डोटी –बझाङको खप्तड छान्ना गाउँपालिकाको पाटादेवल केन्द्रबिन्दु बनाइ ५.४ रेक्टर स्केलको भूकम्प जाँदा डोटीमा फेरि त्रास फैलिएको छ । शनिबार राति ८ बजेर १२ मिनेटमा गएको भूकम्पले सात घर भत्किएका छन् ।
मंगलबार रातिको भूकम्पले व्यापक क्षति पुर्याएको गैरा गाउँमा दुई घर भत्किएका छन् । यस्तै भूकम्पका कारण सायल गाउँपालिकामा दुईवटा, पूर्विचौकी गाउँपालिकाको पोखरीमा समेत तीन वटा घरहरू भत्किएको जनाइएको छ । चिसो मौसम भएका कारण बालबालिकाहरूलाई काखमा च्यापेर यहाँका स्थानीय खुल्ला आकाशमा आगो ताप्दै बसिरहेका छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९ २२:१२
प्रतिक्रिया दिनुहोस्