Sagun Khabar
प्रेम आलेले देशकै बेइज्जत गरेको एमाले अध्यक्ष ओलीको आरोप 

डोटी –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूले टिकट दिएर जिताएको व्यक्ति प्रेम आलेले डोटीको मात्र नभएर देशकै बेइज्जत गरेको बताएका छन् ।  डोटीको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अब कुनै गल्ती नगर्न डोटेली कांग्रेसलाई आह्वान गरेका छन्  ।

चुनावी आमसभलाई सम्बोधन गर्न डोटीको सदरमुकाम दीपायलमा पुगेका ओलीले कांग्रेसका नेतालाई कैलाली झारेर अश्लील बोल्ने तथा पार्टी तथा जनताको विश्वासमाथि घात गर्ने व्यक्तिलाई उम्मेदवार बनाएकाले यसपटक डोटेलीले विचार पु¥याउनुपर्नेमा उनले जोड दिए ।

ओलीले नेपाली कांग्रेसले चितवनमा मात्र नभएर अब डोटीमा पनि रुखमा भोट हाल्नबाट कार्यकर्तालाई वञ्चित गरेको भन्दै कांग्रेस सुधार्न एमालेलाई मत दिन आग्रह गरे ।  उनले वीरबहादुर बलायरतर्फ संकेत गर्दै आफ्नो नेतालाई हार्नका लागि कैलालीतिर झारेर अराजक र अश्लील बोल्ने व्यक्तिलाई टिकट दिएको आरोपसमेत लगाए । 

अध्यक्ष ओलीले डोटीबाट प्रतिनिधि सभा सदस्यमा सशक्त महिला उम्मेदवार गौरी वलीलाई जिताएर पठाउन आग्रह गरे । एमालेले आलेविरुद्ध गौरीलाई खडा गरेको छ भने प्रदेशमा चक्र मल्ल र टेकबहादुर बमलाई उम्मेदवार बनाएको छ । जिल्लामा नरेन्द्र खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update