Sagun Khabar
डोटी भूकम्पमा ज्यान गुमाएका परिवारलाई राहत रकम वितरण 

डोटी – डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत वितरण गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर मङ्गलवार राति गएको भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट ६ जनाले ज्यान गुमाएका थिए ।

जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट मृतकका आफन्त पदमबहादुर बोहरालाई चार लाख, विस्नादेवी बोहरालाई तीन लाख र महावीर बोहरालाई दुई लाख रुपैयाँ प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । त्यस्तै घरमा पूर्ण क्षति पुगेका १८ परिवारलाई टेन्ट, ब्ल्याङ्केट, खाद्यान्न उपलब्ध गराइएको छ ।

Atrya hospital

सायल गाउँपालिकामा ३०÷३० थान त्रिपाल र ब्ल्याङ्केट पठाइएको र पूर्वीचौकीको सिमलडाँडाका १० घरपरिवारलाई राहत सामग्री पठाउन व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् । 

भौतिक क्षतिको मूल्याङ्कनका लागि प्राविधिक कर्मचारी पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध पनि गरिएको छ । भूकम्पबाट डोटीसहित आसपासका जिल्लामा घर चर्केका तथा भत्केका छन् ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update