Sagun Khabar
एमाले दार्चुलाले जारी गर्यो ९ बुँदे अपिल 

दार्चुला –नेकपा (एमाले) ले दार्चुलाको विकासको लागि नौँ बुदे अपिल जारी गरेको छ । कालापानीमा नेपालको स्वाभिमान कायम गर्नेदेखि तिंकरसम्म तीन वर्षभित्र सडक पुगाउने गरी अपिल जारी गरेको हो । 

आसन्न निर्वाचनलाई ध्यानमा राखेर दार्चुलाको विकासको लागि भन्दै एमालेले अपिल जारी गरेको हो । एमाले पोलिटव्युरो सदस्य एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेशसिंह ठगुन्ना, प्रदेशसभा १ का उम्मेदवार हरदेव जोशी, २ का उम्मेदवार रामदत्त जोशी, समानुपातिक उम्मेदवार दीपा बुढाथोकीद्धारा जारी अपिलमा सुशासनसहितको समावेशीता र विकास निर्माणको लागि एमालेको विकल्प नभएको उल्लेख छ । 

Atrya hospital

एमालेको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको ४ सय बर्ग किलोमिटर भूमि नक्सामा सामेल गरेको भन्दै भूमिमा स्वामित्व लिन पनि मतदान गर्न भनिएको छ । सामरिक महत्वको दार्चुला–तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको र आगामी तीन वर्षभित्र  नाकासम्म सडक पुर्याउने प्रतिवद्धता व्यक्त गरिएको छ ।

महाकाली करिडोरमा ३ अर्व ३० करोड रुपैयाँको लागतमा सडकको बहुवर्षीय ठेक्का भइ कालोपत्रेको काम अघि बढेको भन्दै यो पूरा गरिने अपिलमा उल्लेख छ । खलंगा–खार–देथला सडक र पारिबगर–खण्डेश्वरी सडक रणनीतिक सडकमा सामेल भई कालोपत्रेको काम अघि बढेको भन्दै यो पनि पूरा गरिने जनाइएको छ । दु्रतगतीमा निर्माण भइरहेका ग्रामीण सडकहरुको निर्माण पूरा गर्न र नयाँ ग्रामीण सडक सञ्चालन गर्ने भनिएको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  ०८:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update