Sagun Khabar
विद्यालयमा सभा गरेको विषयमा मन्त्री बडूलाई आयोगको स्पष्टीकरण

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर माविमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)समेतको दलले चुनावी सभा आयोजना गरेको विषयमा निर्वाचन आयोगले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसहितका उम्मेदवार र विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले दार्चुला १ (१) मा काँग्रेसका उम्मेदवार विक्रम सिंह धामी, प्रदेशसभा १ (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी र विद्यालयका प्रधानाध्यापक धनञ्जय जोशीलाई स्पष्टीकरण सोधेको हो । 

Atrya hospital

त्यस्तै, दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कारबाही गर्न निर्देशनसमेत दिएको छ भने प्रमुख जिल्ला अधिकारीलाई ४ दिनभित्र घटनाको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

आयोगले मन्त्री बडूलाई सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्षमा प्रयोग गर्न नहुने निर्वाचन आचारसंहिताको व्यवस्था सम्झाउँदै आचारसंहिता उल्लंघनको विषयमा २४ घण्टाभित्र स्ष्टीकरण दिन भनेको छ । 

विद्यालयका प्रधानाध्यापक जोशीलाई चुनावी सभाका लागि विद्यालय प्रयोग गर्न दिनुको कारण माग गर्दै कारबाही गर्न नपर्ने कारण भए पेश गर्न भनिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  ०७:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update