Sagun Khabar
दार्चुलामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, चार जना घाइते 
Atrya hospital

दार्चुला –दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ५ ओखलमा गठबन्धन र एमाले कार्यकर्ताबिच झडप भएको छ । झडपमा परी एमालेतर्फका दुई र गठबन्धनतर्फका दुई गरी चार जना कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए । 

घाइते हुनेमा एमाले पक्षका मार्मा गाउँपालिकाका २८ वर्षीय बिरेन्द्र बिष्ट र शैल्यशिखर नगरपालिका ९ नायलका २५ वर्षीय सुरेश बादी रहेका छन् । गठबन्धनको तर्फबाट अपिहिमाल गाउँपालिका वडा नम्बर ६ बस्ने २० वर्षीय जयन्द्र धामी र सोही ठाउँका २४ वर्षीय जगत धामी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको प्रहरी निरीक्षक शाहीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  २०:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update