Sagun Khabar
डडेल्धुराको उग्रतारा मन्दिरमा आज जात्रा 

डडेल्धुरा –सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज मेला लाग्दैछ।  डडेल्धुराको अमरगढी नगरपालिका ८ मा लाग्ने उक्त मेलालाई स्थानीय भाषामा ‘देहीजाँत’ भन्ने गरिन्छ । यो मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ । 

खनमडा, छचोडा, दुमडा र जिलोडामा भण्डार रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आई दिउसेडी मेला सुरु भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत हजारौँ श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए ।

Atrya hospital

उग्रतारा मेलालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न तथा मेलामा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि मेलाभर जुवातास तथा मदिराजन्य वस्तु बिक्रीवितरणमा रोक लगाउने समितिको निर्णय छ ।

किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साँकी जातिका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो । त्यसपछि माता उग्रताराको उत्पत्ति भएको विश्वास गरिन्छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update