Sagun Khabar
सुदूरपश्चिममा भूकम्पको खतरा अझै बाँकी, सतर्क रहन आग्रह 

बैतडी –डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने धेरै धनजनको क्षति भएको छ । बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको छ । 

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको भूकम्पको धक्का बैतडी सहित सुदूरपश्चिमका सबै जिल्लामा महशुस गरिएको थियो । 

यस्तै सुदूरपश्चिममा भूकम्पको खतरा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पछि पराकम्पनहरु आउने भएकाले सबैलाई सतर्क रहन केन्द्रले आग्रह गरेको हो । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  ०८:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update