कैलाली –नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य लक्ष्मी शाह कांग्रेसमा प्रवेश गरेकी छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको धनगढीस्थित निजि निवासमा मंगलबार आयोजना गरिएको एक कार्यक्रममा उनले पार्टी प्रवेश गरेकी हुन् । चुनावको मुखमै शाहले नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् ।
एमालेमा व्यक्तिवाद, निषेधको राजनीति हाबी हुँदै गइरहेको र केही गर्ने चाहना, इच्छाशक्ति भएका युवाहरुले अवसर नपाउने भएपछि आफूले पार्टी परित्याग गरेको उनले दाबी गरिन् ।
लामो समयदेखि नेकपा माओवादी केन्द्रमा रहेर राजनीति गरेकी उनी २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भएर गठन भएको ‘नेकपा कम्युनिष्ट पार्टी’ विघटन भएपछि एमालेमै रहेकी थिइन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९ १६:१२
प्रतिक्रिया दिनुहोस्