Sagun Khabar
दार्चुलामा भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता आउँदैन, कुटनीतिक पहल आवश्यक : देउवा 

डडेल्धुरा –प्रधानमन्त्री तथा कांगेस सभापति शेरबहादुर देउवाले केपी ओलीले दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नआउने बताएका छन् । शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । 

उनले भने, ‘दार्चुला गएर भाषण गरेर  लिम्पियाधुरा आउँछ ? कुटनीतिक माध्यमबाट आफ्नो भूमी फिर्ता ल्याउने हो । भाषण त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिनसक्छौँ ।’

Atrya hospital

माओवादी र कांग्रेस मिलेर सुदूरपश्चिमको छिटो विकास हुने उनले बताए । उनले आफू डडेल्धुराको विकासका लागि सदैव तत्पर रहेको बताए । 

प्रधानमन्त्री देउवाले आजै डडेल्धुराको रुपालमा समेत चुनावी सभालाई सम्बोधन गरेका छन् । प्रधानमन्त्री देउवा चुनावी प्र्रचारप्रसारको लागि गृह जिल्ला डडेल्धुरामा रहेका छन् । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update