डोटी –डोटीमा मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरेर जिल्लामा कात्तिक १९ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्णरुपमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय डोटीका सूचना अधिकारी दीपा जोशीले बताइन् ।
कार्तिक १७ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार निर्वाचनको अन्तिम मतपरिणाम नआउँदा सम्म मदिराको कारोबार र सेवनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९ १४:२२
प्रतिक्रिया दिनुहोस्