Sagun Khabar
हेलिकोप्टरमा आउन सक्नेलाई भोट दिनोस : आरजु राणा 

डडेल्धुरा –कांग्रेस नेतृ एवं प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउन मतदातालाई आग्रह गरेकी छन् । उनले जनतासंग भोट माग्ने क्रममा यस्तो अभिव्यक्ति दिएकी हुन् । डडेल्धुरामा आयोजित चुनावी सभामा राणाले भनेको कुरा अहिले भाइरल भएको छ । 

उनले सम्बोधनमा क्रममा हेलिकोप्टरमा आउन सक्ने क्षमता बनाएको मान्छेलाई भोट दिनोस भनेकी छिन् । 
‘यो गाउँठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने, संविधानको रक्षा गर्ने, हाम्रो देशमा शान्ति हुने, समृद्धि हुने र योभन्दा अगाडि जसरी आज हामी हेलिकोप्टरमा आयौँ।’ उनले भनिन् ‘आजभन्दा १०, १५ वर्षअगाडि यहाँ कतिजना हेलिकोप्टरमा उडेर यहाँ आउन सक्थे, क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुहोस् ।नेपाली कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवाजीलाई, प्रदेशमा गोविन्द बोहोराजीलाई जिताउनुस् ।’ 

यसअघि फ्रि भिसामा मलेसिया पठाइदिने अनि कांग्रेसले जितेको पालिकामा मात्रै बजेट पठाइदिने भनेर राणा विवादमा परेकी थिइन् । बेला बेलामा आफ्नै बोलीका कारण राणा विवादमा पर्दै आएकी छन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  ११:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update