डडेल्धुरा –चौलोले प्रख्यात रहेको सुदूरपश्चिमको प्रसिद्ध बडाल जाँत आज लाग्दैछ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल देवताको मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल द्वादशीको दिन बडाल जात लाग्ने गर्दछ । कार्तिक शुक्ल एकादशीको रातिदेखि द्वादशीको दिनमा जात्रा हुने गरेको स्थानीयहरुले बताएका छन् ।
चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर चौलो खेलिने गरिन्छ । मेलामा स्थानीय अन्य गाउँबाट पनि देउरो ल्याउने चलन रही आएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा अहिले जात्रा रौनक जारी रहेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९ ०८:२९
प्रतिक्रिया दिनुहोस्