डडेल्धुरा –प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते निर्वाचनमात्र नभई संविधान च्यात्न चाहने शक्तिविरुद्धको लडाइँ पनि भएको बताएका छन् । संविधानको रक्षाका लागि उनले गठबन्धनलाई भोट दिन आग्रह समेत गरेका छन् ।
आफ्नो गृहपालिका गन्यापधुराको बडालमा चुनावीसभालाई शुक्रबार सम्बोधन गर्दै देउवाले संविधान च्यात्ने र जोगाउनेहरुबीचको प्रतिस्पर्धा भएकाले संविधानको रक्षाका लागि गठबन्धनलाई भोट दिनुपर्ने बताए ।
विद्युत् आयोजनाहरु निर्माणले मात्र देशमा ठूलो रोजगारी सिर्जना हुने भएकोले गठबन्धनले पहिलो प्राथमिकतामा जलविद्युत् विकासलाई राखेको प्रधानमन्त्री देउवाले सुनाए ।
डडेलधुरामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री देउवा बिहीबारदेखि गृहजिल्लामा चुनावीसभा र भेटघाटमा व्यस्त छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९ १८:१७
प्रतिक्रिया दिनुहोस्