दार्चुला –दार्चुलामा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका–६ हुतीका २१ वर्षीय वीरेन्द्र टमाटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत शनिबार महाकाली नगरपालिका–५ किम्तडीमा से १ प २०७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि टमाटालाई भारतको पिथौरागढ लगिएको थियो । त्यहाँबाट पनि हल्द्वानी लैजाने क्रममा सोमबार टमाटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मोटरसाइकल चालक महाकाली–५ का हिमांशु शाही पनि दुर्घटनामा घाइते भएका थिए । उनी उपचार पछि जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९ १८:२१
प्रतिक्रिया दिनुहोस्