Sagun Khabar
दार्चुलामा बडू र ठगुन्नाबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

दार्चुला – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा दार्चुलामा नेपाल सरकारका उद्योग, वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडू र एमालेका नेता पूर्व मन्त्री गणेशसिंह ठगुन्नाबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका नेता एवं बहालवाला मन्त्री बडू चुनावी मैदानमा छन् भने एमालेका तर्फबाट पूर्वमन्त्री गणेशसिंह ठगुन्ना चुनावी मैदानमा रहेका छन् । 

गएको स्थानीय तहको चुनावमा लगभग बराबरी मत पाएको गठबन्धन र एमालेका उम्मेदवारहरु अहिले भोट माग्ने कसरतमा जुटीरहेका छन् । दुवै तर्फका उम्मेदवारहरुले सहजै चुनाव जित्ने दाबी गरेका छन् । 

Atrya hospital

२०७० र २०७४ सालको निर्वाचनमा विजयी भएका ठगुन्ना यो पालि ह्याट्रिक गर्ने दाउमा रहेका छन् भने कांग्रेसका बडू पनि विगतको विरासत जोगाउने कसरतमा लागेका छन् । 

२०४८ र २०५६ मा दार्चुलाबाट निर्वाचित बडू नेपाली काँग्रेसका प्रभावशाली नेता हुन् । बडू २०७० र २०७४ मा सामानुपातिक उम्मेदवारका रुपमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए । बडूसँग विगतमा शिक्षा, वन र सञ्चार मन्त्री भएर काम गरेको अनुभव छ । उनीसँग यो पटक गठबन्धनका दलको साथ र समर्थन छ ।

जनतासँग विगतमा गरेको कामको मुल्यांकन गरेर भोट दिन अनुरोध गरिरहेको बडूले बताए । संविधानको रक्षाका लागि गठबन्धनको जित आवश्यक रहेको भन्दै अहिले उनी चुनावी प्रचारप्रसारमा जुटेका छन् । 

नेकपा एमालेबाट उम्मेदवार रहेका पूर्व मन्त्री गणेशसिंह ठगुन्ना यो पटक पनि चुनाव जिताउनका लागि मतदाताहरुलाई आग्रह गरिरहेका छन् । विगतमा गरेको कामको मूल्यांकन गर्दै मतदाताले मत दिने उनले बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update