Sagun Khabar
प्रधानमन्त्री देउवा १७ गते डडेल्धुरा आउँदै, तीन दिन जिल्लामै बस्ने कार्यक्रम 

डडेल्धुरा –प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा यही कार्तिक १७ गते गृह जिल्ला डडेल्धुरा आउने भएका छन् । डडेल्धुरामा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत रहेका देउवा चुनावी कार्यक्रमका लागि डडेल्धुरा आउने भएका हुन् । 

१७ गतेदेखि सुरु हुने चार दिने कार्यक्रमका लागि देउवा जिल्ला आउने कार्यक्रम रहेको काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले जानकारी दिए । चारदिने कार्यक्रम सकेर देउवा चौथो दिन काठमाडौं फर्किने कार्यक्रम रहेको सभापति साउँदले बताए । निर्वाचनको केही दिन अगाडि पुनः सभापति देउवा जिल्ला फर्किने उनले बताए । 

यसअघि देउवाले एउटामात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका थिए । डडेल्धुराबाट २०४८ सालदेखि लगातार निर्वाचन जित्दै आएका देउवा यो पालि माओवादी सहितको गठबन्धनका साझा उम्मेदवार बनेका छन् । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update