कैलाली – कैलालीको धनगढीबाट पिकनिक खान गएका किशोरको नदीमा डुबेर मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–११ कोलमुडामा नदीमा डुबेर धनगढी उपमहानगरपालिका सन्तोषी टोल बस्ने १६ वर्षीय आर्यन लामाको मृत्यु भएको हो ।
लामाको मछली नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पौडी खेल्दा वेपत्ता भएका उनको खोजी गर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९ १६:२८
प्रतिक्रिया दिनुहोस्