Sagun Khabar
कैलालीमा लागु औषध ओसारपोसार गरेको आरोपमा प्रहरी हवल्दारमाथि नै अनुसन्धान शुरु 

कैलाली –जिल्ला कारागार कैलालीमा लागुऔषधको ओसाारपोसारमाका संलग्न रहेको आरोपमा एक प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । असोज ३१ गते धनगढी उपमहानगरपालिका–७ बाट प्रहरीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको थियो । 

कैलारी गाउपालिका–६ वनकटुवा बस्ने ३३ वर्षीय यादवकुमार चौधरीले भारतबाट लागुऔषध ल्याउनेक्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेका चौधरीले कैलाली कारागारमा कार्यरत प्रहरी सहायक हवल्दार अपिल भाट पनि लागुऔषध ओसारपोसारमा संलग्न रहेको आरोप लगाएपछि उनलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ । 

आरोपछि  सहायक हवल्दार भाटलाई निलम्बन गरी लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । सहायक हवल्दारसँगै कारागारका चौकीदार बसन्त बुढाको नामपनि यो मुद्दामा मुछिएको बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update