Sagun Khabar
दार्चुला पारी भारतमा विस्फोट, दार्चुलाका एक बालकको ढुंगा लागेर मृत्यु 

दार्चुला –दार्चुलामा एक बालकको ढुङ्गा लागेर ज्यान गएको छ । शुक्रबार जिल्लाको व्याँस गाउँपालिका–२ तम्पाकुका १२ वर्षीय पवन महराको ज्यान गएको हो । 

दार्चुला पारी भारतमा जिलेटन विस्फोटका कारण उछिट्टिएको ढुंगा लागेर महराको ज्यान गएको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए । आमा बुवासंगै बाटोमा हिडिरहेका गरेका महराको पारीपट्टीबाट उछिट्टिएर आएको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको अध्यक्ष धामीले बताए । 

Atrya hospital

ढुंगा लागेर महराका आमाबुवा पनि घाइते भएका छन् । भारतले कैलाश मानसरोबर जाने सडक निर्माण गरिरहेको छ । सो सडकमा काम गरिरहेको गर्ग एण्ड गर्ग कम्पनीले जिलेटिन बिष्फोट गरेको थियो । 

महाकाली नदी किनार भएरै पारीपट्टी भारतले सडक निर्माण गरिरहेको छ । महाकाली नदी किनार वारी पट्टी नेपालीहरुको आवतजावत गर्ने बाटो रहेको छ । 

यता जिल्ला प्रहरी कार्यालय दार्चुलाले ढुंगाले लागेर बालकको मृत्यु भएको जानकारी आएको तर त्यो ढुंगा पारिबाट आएको हो वा होइन त्यसबारे अनुसन्धानपछि खुल्ने जनाएको छ । घटनाबारे बुझ्न दुम्लिङस्थित प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएको बताइएको छ । 

यो क्षेत्रमा नेपाल र भारतको सीमा महाकाली नदीले छुट्याएको छ । सीमा क्षेत्रमा महाकाली नदी किनारैकिनार भारतले सडक निर्माण गरिरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update