कैलाली –कैलालीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । बुधबार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ बलियाका १९ वर्षीय कमल बजगाइको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
घरमा तिहारको झिलिमिली बत्ती लगाउने क्रममा बजागाइ करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १०, २०७९ १०:३८
प्रतिक्रिया दिनुहोस्