कैलाली- कैलालीमा कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैया सिविर बस्ने ४० वर्षीय गणेश सिजाली मगरको मृत्यु भएको हो।
उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९ ०९:२८
प्रतिक्रिया दिनुहोस्