Sagun Khabar
अछाममा तीन सातादेखि टेलिकमको सेवा अवरुद्ध

अछाम- अछाममा तीन सातादेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। टेलिकमको साँफेबगर नगरपालिका-५ नवाठानामा रहेको टावरले तीन सातादेखि काम गर्न छोडेको बताइएको हो।

अछाममा विद्युत जाने बित्तिकै नेपाल टेलिफोनको सेवा अवरुद्ध हुने गरेको स्थानीयले बताएका छन्। असोजको अन्तिम साता परेको अविरल वर्षाका कारण भत्किएका विद्युतका पोल हालसम्म मर्मत गरिएको छैन।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र अछामले मर्मत गर्ने काम टेलिकमकै भएको बताएको छ। सेवा अवरुद्ध भएको पटकपटक जानकारी गराउदाँ पनि टेलिकमले कुनै वास्ता नगरेको स्थानीयले बताएका छन्। 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update