Sagun Khabar
धनगढीमा पुर्चौंडी समाजको रक्तदान, १८ जनाले रक्तदान गरे
Atrya hospital

कैलाली –पुर्चौडी समाज धनगढीले रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिबार धनगढीमा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेको समाजका सचिव धर्मराज जोशीले बताए । 
डेंगी संक्रमणका कारण रगतको माग बढेको र यसले रगतको अभाव भएकाले रगत संकलन गरिएको समाजले जनाएको छ । 

कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी शंकरबहादुर विष्ट, पूर्व प्राचार्य कर्णबहादुर कुँवर, मालिकार्जुन दार्चुला सेवा समाजका अध्यक्ष महेन्द्रराज पन्त, पुर्चौडी समाज महेन्द्रनगरका सचिव प्रोहित बडूलगायतको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update