कैलाली –कैलालीमा बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । चिसापानीमा कार्यरत हवल्दार नेत्र जैसी कठायतको चिसापानी आउने क्रममा बसले ठक्कर दिँदा मृत्यु भएको हो ।
जैसी सवार से१ ब २१६ नम्बरको मोटरसाइकललाई ना ६ ख ७४५९ नम्बरको बसले पछाडीबाट ठक्कर दिएको थियो । दुर्घटनामा घाइते उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।
लम्कीचुहा नगरपालिका घर भएका जैसी कार्यालयकै काममा वडा नम्बर ३ को बलचौरमा खटिएका थिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९ ०८:१९
प्रतिक्रिया दिनुहोस्