Sagun Khabar
आयोगले माग्यो एमाले बझाङका उम्मेदवार ऐन महरसँग स्पष्टीकरण

काठमाडौं- निर्वाचन आयोगले एमाले बझाङका प्रतिनिधिसभा सदस्य उम्मेदवार ऐन महरलाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले महरलाई स्पष्टीकरण सोधेको हो।

जिल्लास्तरीय खुला प्रतियोगिताको विजेतालाई पुरस्कारस्वरूप ४१ हजार रुपैयाँ प्रदान गरेको भन्दै आयोगले २४ घन्टाभित्र स्पष्टीकरण दिन उनलाई निर्देशन दिएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update