कैलाली –धनगढी उपमहानगरपालिकाले ६८ वर्षमाथिका नागरिकलाई मुक्तिनाथ धाम यात्रामा पठाएको छ । उपमहानगरले हरेक तीर्थयात्रा गर्न चाहने व्यक्तिको छनोट गरी एक सय २४ जनालाई मुक्तिनाथ दर्शनमा पठाएको हो ।
उपमहानगरपालिकाले ५ दिनको प्याकेज बनाएर मुक्तिनाथ यात्राका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै सर्वसाधारण नागरिकलाई तीर्थ यात्रामा पठाएको हो । वृद्ध वृद्धालाई निःशुल्क स्वास्थ्य सेवा र वर्षमा एक पटक तीर्थयात्रा गराउने योजनाले निरन्तरता पाउने उपमहानगरपालिकाको दाबी छ ।
उपमहानगरपालिकाले आफ्नो घोषित कार्यक्रम अन्तर्गत वृद्धवृद्धालाई मुक्तिनाथ दर्शन गर्न पठाएको हो । उपमहानगरले स्वास्थ्यकर्मी र समाजिक सेवा इकाइका कर्मचारीसहित एक सय २४ जनालाई निःशुल्क मुक्तिनाथ धामको पाँच दिने यात्रामा पठाएको छ ।
मुक्तिनाथ धामको दर्शन गर्ने अवसर पाएकोमा निकै खुसी भएको स्थानीय बलबहादुर विष्टले बताए ।