Sagun Khabar
डेंगु संक्रमणका कारण कञ्चनपुरकी एक किशोरीको मृत्यु 
Atrya hospital

कैलाली –डेंगुका कारण कञ्चनपुरकी एक १६ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–१० की दीपा चौधरीको डेंगुका कारण मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । 

बुधबार साँझ उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्याइएकी चौधरीको डेंगुका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । करीब दुई सातादेखि उनलाई टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको थियो । 

चौधरी गाउँकै एक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update