बझाङ- बझाङमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। मृत्यु हुनेमा मष्टा गाउँपालिका-३ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का, २८ वर्षीया बसन्ती धामी, ३८ वर्षीय वीरेन्द्र आधिकारी, ७ महिने बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन्।
बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सु.प.प्र ००१–००१ च ११७ नम्बरको जिप दुर्घटना भएको थियो।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९ १९:५९
प्रतिक्रिया दिनुहोस्