Sagun Khabar
डडेल्धुरामा विपी कांग्रेससंगको तालमेल तोड्न एकीकृत समाजवादीको निर्देशन 

डडेल्धुरा –नेकपा एकीकृत समाजवादी केन्द्रीय समितिले बीपी कांग्रेससँग गरेको तालमेल तोड्न डडेल्धुरा कमिटीलाई निर्देशन दिएको छ ।

केन्द्रमा भएको सहमति विपरीत डडेलधुरा प्रदेश सभा (ख) मा डा. ताराप्रसाद जोशीले उम्मेदवारी दिएका थिए । जिल्ला कमिटीले गठबन्धन दलहरुलाई सहयोग नगर्ने भन्दै बीपी कांग्रेससँग तालमेल गरेको थियो । 

Atrya hospital

विपी कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार कर्ण मल्ललाई नेकपा (एस)ले सहयोग गर्ने प्रदेश सभा (ख) मा जोशीलाई विपी कांग्रेसले सघाउने सहमति भएको छ । 

तर एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले २४ घण्टाभित्र उम्मेदवारी निष्क्रिय बनाउन केन्द्रीय सदस्य जोशीलाई निर्देशन दिएका छन् भने विपी कांग्रेससंगको तालमेल तोड्न समेत आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update