Sagun Khabar
बैतडीमा बजार अनुगमन कार्य जारी

बैतडी –बैतडीमा बजार अनुगमन कार्यलाई तीव्रता दिइएको छ । निषेधाज्ञाको समयमा कालोबजारी भईरहेको भन्ने सूचनाका आधारमा बजार अनुगमन कार्यमा तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

 शुक्रबार पाटन र खोड्पेमा ८ ओटा पसलमा अनुगमन गरिएको उनले बताए । अनुगमनका क्रममा विभिन्न पसलमा म्याद सकिएका अखाद्य वस्तुहरु भेटिएका उनले बताए । 

Atrya hospital

अनुगमनका क्रममा वेसन, चक्लेट, बियर, चिउरा, पशुको आहार लगायतका अखाद्य सामग्री बरामद गरि नष्ट गरिएको भारतीले बताए । 

पाटनमा ५ र खोड्पेमा ३ ओटा पसल अनुगमन गरिएको बताइएको छ । अनुगमन क्रममा मूल्यसूची नराखेका व्यापारीहरुलाई मूल्य सूची राख्न आग्रह गरिएको छ । यस्तै बरामद गरिएका अखाद्य वस्तुहरु नष्ट गरिएको बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update