कैलाली –कैलालीमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर बस्ने ४९ वर्षीय प्रेम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
२०६३ साल माघ २५ गते जबरजस्ती करणी गरी फरार भएका उनलाई जिल्ला अदालत बर्दियाले २०६८ असार ९ गते ६ वर्षको कैद सजाय सुनाएको थियो ।
फरार रहेका चौधरीलाई ईलाका प्रहरी कार्यालय लम्कीले आइतबार गणेशपुरबाटै पक्राउ गरेको बताएको छ । पक्राउ गरिएका चौधरीलाई जिल्ला अदालत कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९ ०८:५७
प्रतिक्रिया दिनुहोस्